लुम्बिनी प्रदेश सम्मेलनको अन्तिम तयारीमा माओवादी केन्द्र « Khabarhub

लुम्बिनी प्रदेश सम्मेलनको अन्तिम तयारीमा माओवादी केन्द्र


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । २५-२६ मंसिरम दाङको राप्ती गाउँपालिका–२ बराखुटीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सम्मेलन प्रचारप्रसार उपसमिति संयोजक जीवन गौतमले जानकारी दिए ।

माओवादीले यसपटक स्थानीय पालिकालाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुने संयोजक गौतमले बताए । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुने छ ।

‘२०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन्, यसले गर्दा पालिका कार्यकारी भएको छ,’ उनले भने । मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको गौतमले बताए ।

माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् । पालिकाको सम्वन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।

२०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुलारुपमा छानिने प्रचारप्रसार संयोजक गौतमको भनाइ छ । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ । यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जनाको महिला प्रतिनिधित्व हुने छ । दलितको प्रतिनिधित्व ३० जना अर्थात १५ प्रतिशत हुने छ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुने छ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् ।

बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् ।

माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई-दुई जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरु प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एकलाख १२ हजार रहेको छ। जस अनुसार सबैभन्दा धेरै दाङमा १९ हजार ७०० छन् ।

माओवादीको विधान अनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन् । प्रदेश कमिटीको पदाधिकारी रहेका केन्द्रीय सदस्यहरुले अव भने कुनै एक रोज्नुपर्ने भएको छ । माओवादी प्रदेश सम्मेलनको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : २५ बजे

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम