लैंगिक हिंसाविरुद्धको अभियान जारी रहँदा लमजुङमा बलात्कारको आरोपमा एक पक्राउ « Khabarhub

लैंगिक हिंसाविरुद्धको अभियान जारी रहँदा लमजुङमा बलात्कारको आरोपमा एक पक्राउ


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला लमजुङमा बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ।

लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यही अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

बलात्कार आरोपमा प्रहरीले बेँसीसहर नगरपालिका- १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ ।

उनले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलत्कारका घटना दर्ता भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।