एट्लेटिको मड्रिड अन्तिम १६ मा « Khabarhub

एट्लेटिको मड्रिड अन्तिम १६ मा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो ।

त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको पोर्टो भने ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भयो।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एन्जल कोर्रेया र पाउलले एक – एक गोल गरे । खेलको इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएका थिए ।

यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । एट्लेटिकोले ६ खेलमा ७ अंक जोड्यो । पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ५९ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत