कतारमा अवैध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै  « Khabarhub

कतारमा अवैध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै 


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकलाई यहाँको सरकारले दिएको आममाफी लक्षित सचेतनात्मक कार्यक्रम गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै नेपाली दूतावास दोहा र एनआरएनए कतारको  संयुक्त आयोजनामा १० डिसेम्बर अर्थात् शुक्रबारका दिन कतारमा अवैध रूपमा रहेका नेपाली आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागू गरेको व्यवस्थासम्बन्धी सचेतनामूलक कार्यक्रम तय भएको जनाएको छ ।

कतारमा रहेका सम्बन्धित सबै नेपालीहरूको सहभागिताको लागि दूतावासले अनुरोध गरेको छ । कार्यक्रममा जुममार्फत् वा दूतावासको आधिकारिक फेसबुक पेजबाट हुने लाइभ प्रसारणमार्फत पनि सहभागी हुन सकिने छ ।

कतार सरकारले सन् २०१५ को कानुन नम्बर (२१) को प्रावधान उल्लङ्घन गरी बसोबास गरिरहेका आप्रवासीहरूलाई समयमै आममाफी दिएसँगै दूतावासले नेपाली श्रमिक लक्षित कार्यक्रम गर्न लागेको हो ।

अवैध रूपमा बसेका आप्रबासीहरुले देशभित्रको कानुनी स्थिति सच्याउने र उनीहरूलाई सबै कानुनी जिम्मेवारीबाट छुट दिई देश छाड्न दिइने कतार सरकारको नीति रहेको छ । आममाफीको समय अवधि १० अक्टोबरदेखि सुरु भएको र ३१ डिसेम्बरमा समाप्त हुनेछ ।

कतार सरकारको निर्णय गरेसँगै यहाँ गैरकानुनी रूपमा बसेका थुप्रै नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले विभिन्न क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : १० बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन