कतारमा अवैध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै  « Khabarhub

कतारमा अवैध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै 


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारमा अवैध रूपमा कार्यरत नेपाली श्रमिकलाई यहाँको सरकारले दिएको आममाफी लक्षित सचेतनात्मक कार्यक्रम गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै नेपाली दूतावास दोहा र एनआरएनए कतारको  संयुक्त आयोजनामा १० डिसेम्बर अर्थात् शुक्रबारका दिन कतारमा अवैध रूपमा रहेका नेपाली आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागू गरेको व्यवस्थासम्बन्धी सचेतनामूलक कार्यक्रम तय भएको जनाएको छ ।

कतारमा रहेका सम्बन्धित सबै नेपालीहरूको सहभागिताको लागि दूतावासले अनुरोध गरेको छ । कार्यक्रममा जुममार्फत् वा दूतावासको आधिकारिक फेसबुक पेजबाट हुने लाइभ प्रसारणमार्फत पनि सहभागी हुन सकिने छ ।

कतार सरकारले सन् २०१५ को कानुन नम्बर (२१) को प्रावधान उल्लङ्घन गरी बसोबास गरिरहेका आप्रवासीहरूलाई समयमै आममाफी दिएसँगै दूतावासले नेपाली श्रमिक लक्षित कार्यक्रम गर्न लागेको हो ।

अवैध रूपमा बसेका आप्रबासीहरुले देशभित्रको कानुनी स्थिति सच्याउने र उनीहरूलाई सबै कानुनी जिम्मेवारीबाट छुट दिई देश छाड्न दिइने कतार सरकारको नीति रहेको छ । आममाफीको समय अवधि १० अक्टोबरदेखि सुरु भएको र ३१ डिसेम्बरमा समाप्त हुनेछ ।

कतार सरकारको निर्णय गरेसँगै यहाँ गैरकानुनी रूपमा बसेका थुप्रै नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले विभिन्न क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : १० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ