अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान « Khabarhub

अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – शरणार्थीका लागि राष्ट्रसंघका उच्च आयुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् ।

वर्षौ‌देखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा आर्थिक स‌ंकट चुलिएको छ । ‘उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ,’ ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै आएको छ ।

अफगानिस्तानको कूल चार करोड जनसंख्यामध्ये आधा करोड जनसंख्या यो हिउँदमा भोकमरीको चपेटामा पर्ने राष्ट्रसंघले जनाउदै आएको छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलर हुने राष्ट्रसंले प्रक्षेपण गरेको छ । अहिलेकै अवस्था रहेमा वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले अनुमान गरेको छ ।

१५ अगस्टमा तालिबानले सत्तापलट गरेपछि विभिन्न दातृ समुदायले यसअघि दिँदै आएको सहयोग रोक्का गरेका छन् ।

तालिवानले सत्ता सम्हालेपछि अफगान सर्वसाधरण नागरिक पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तानलगायतका देशमा शरण लिइरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ०९ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ