अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान | Khabarhub Khabarhub

अफगानिस्तानमा आर्थिक संकट चुलियो, सहयोग गर्न राष्ट्रसंघको आह्वान


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – शरणार्थीका लागि राष्ट्रसंघका उच्च आयुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन् ।

वर्षौ‌देखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा आर्थिक स‌ंकट चुलिएको छ । ‘उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ,’ ग्रान्डीले भने । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै आएको छ ।

अफगानिस्तानको कूल चार करोड जनसंख्यामध्ये आधा करोड जनसंख्या यो हिउँदमा भोकमरीको चपेटामा पर्ने राष्ट्रसंघले जनाउदै आएको छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलर हुने राष्ट्रसंले प्रक्षेपण गरेको छ । अहिलेकै अवस्था रहेमा वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले अनुमान गरेको छ ।

१५ अगस्टमा तालिबानले सत्तापलट गरेपछि विभिन्न दातृ समुदायले यसअघि दिँदै आएको सहयोग रोक्का गरेका छन् ।

तालिवानले सत्ता सम्हालेपछि अफगान सर्वसाधरण नागरिक पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तानलगायतका देशमा शरण लिइरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ०९ बजे

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै

बोदेबरसाईन–  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल

इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ

काठमाडौं- नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा