एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ ।

यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन् ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ ।

एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ । यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ ।

सोका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर पोखरेललगायतका नेताहरुले गृहकार्य गरिरहनुभएको जनाइएको छ । केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ५९ बजे

युएन डीपी कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम 

काठमाडौं– संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता

अर्थसंक्षेप : अर्थतन्त्रको बाह्य पक्ष ठिकठाक, निरन्तर ओरालो नेप्से र सात फाइनान्स कम्पनी घाटामा

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको बाह्य अवस्था

‘सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाए’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

काठमाडौं– करिब एक महिनासम्म पोखरामा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार

घरमा मनी प्लान्ट रोप्दा साँच्चिकै धन कमाउन मद्दत गर्छ ?

काठमाडौं– वास्तुशास्त्रका अनुसार घरमा मनी प्लान्ट रोप्दा जीवनमा सुख र समृद्धि