राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपाले एक साताअघि एकताको नाम दिएर महाधिवेशन सम्पन्न गरेको छ ।

एक साताअघि बुधबार भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेका तत्कालीन अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनबाट आउने जस्तोसुकै परिणाम स्वीकार्ने र पार्टीलाई एकताबद्ध भएर लैजाने घोषणा गरे ।

उद्घाटनसत्रमै अध्यक्षको उम्मेदवार रहेका राजेन्द्र लिङ्देनले पनि एकता महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने र आउने नेतृत्वले पार्टीको एजेण्डा स्थापित गराउनुपर्नेमा जोड दिए ।

तर, चार दिनपछि आइतबार आएको महाधिवेशन परिणामले कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देनलाई विजयी गराएपछि नेताहरू आफ्नै वाचाविपरीत हिँड्न थालेका छन् ।

परिणाम आएसँगै आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको आरोप लगाएका थापाले आइतबार नै आयोजित नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम बहिस्कार गरेर राप्रपामा आफ्नो गुट कायम रहेको सन्देश दिएका छन् ।

निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा सहभागी भएर परिणाम स्वीकारेर पार्टीको एजेण्डा स्थापित गराउन सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरे ।

तर, महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको परिणाम स्वीकारेको बताएका थापाले मंगलबार आफूपक्षधर नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सार्वजनिक कार्यक्रम गरेर बधाई र शुभकामना दिएका थिए ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर, थापा पक्षधर पनि बैठकमा सहभागी हुने भएका छन् । थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका अनुसार आफूहरू बैठकमा सहभागी हुने जानकारी दिए ।

‘आज साढे १२ बजे बैठक बोलाइएको छ । हामी जानेछौँ,’ उनले भने । तर, थापा भने जाने सम्भावना कम रहेको देखिन्छ । थापालाई बैठकमा आमन्त्रण गरिएको बताइएको छ । तर, केन्द्रीय समिति सदस्यसमेत नरहेका थापा बैठकमा जानुपर्ने नै नरहेको नेता पौडेलले बताए ।

‘उहाँ(थापा) केन्द्रीय सदस्य हुनुहुन्न । बैठकले मनोनीत पनि गरेको छैन । बैठकमा जानुपर्छ भन्ने नै रहने नि’, पौडेलले भने ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : २५ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु