मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१३  असारी राई चोकका २९ वर्षीय विरेन राईसमेत घाइते भएका छन् । उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ४० बजे

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन भ्रमणमा जाँदै छन्

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

ट्रम्पलाई निर्बाध काम गर्न अमेरिकी सर्वोच्च अदालतको साथ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सबै भन्दा महत्त्वपूर्ण

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा इङ्गल्यान्डविरुद्ध भारतको जित

काठमाडौं – वैभव सूर्यवंशीले शानदार ब्याटिङमा भारतको यु-१९ टोली विजयी