भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन | Khabarhub Khabarhub

भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भनिन्छ  विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हो । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ ।

शिक्षाविनाको मानिस ‘अन्धो’ कहलाउँछ । शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ । तर, कर्णालीको विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलो विद्यालय अभावमा अन्धकारमा बाँचिरहेका छन् ।

यहाँका कतिपय स्थानमा विद्यालय भवन अभावले विद्यार्थीहरू चौरमा बस्न बाध्य छन् । कही बालबालिकाले शिक्षकको मुख नै देख्न पाउँदैनन् । अझ भनौँ दुर दराजका विद्यार्थी त्यो अन्धकारबाट बाहिर निस्कन सकेको छैनन् ।

ज्ञानको ज्योतिमार्फत बाहिरी दुनियाँमा रमाउन खोजे पनि उनीहरूलाई पढ्न सक्ने वातावरण उपलब्ध छैन । यही कारण कतिपयले बिचैमा पढ्न छोड्छन् । विद्यार्थीलाई पढ्नको लागि जुन वातावरण हुनुपर्थ्यो त्यो नहुँदा बिचैमा पढाइ छोड्ने विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ । यसको प्रतिनिधिमुलक उदहारण हो दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-५ बस्ताकोटस्थित जनता माध्यामिक विद्यालय ।

त्यहाँ न त विद्यालय भवन छ न त पढ्ने वातावरण नै छ । २०४० सालमा स्थानीय स्रोतसाधनबाट निर्माण भएको यो विद्यालयको भवन भति्कदा न त नयाँ भवन निर्माण भयो, न भत्केको भवन पुनःनिर्माण हुन सकेको छ ।

स्थापनाकालदेखि अहिलेसम्म भवन बनाउने योजना नपरेको सोही विद्यालयमा अध्यापन गराउँदै आएको शिक्षक रामशरण रेग्मी बताउँछन् । ‘भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्यौ तर केही भएन । ८ भदौ ०७८ मा परेको अविरल वर्षाले भवन भत्कियो । अहिलेसम्म पुननिर्माणमा कसैले चासो देखाएका छैनन् । भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ ।’

हावा चले विद्यालय बन्द हुन्छ

८ भदौ ०७८ मा परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्ध गर्नुपर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन् ।

‘भवन भत्किएको छ हावा चल्यो, पानी पर्यो भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग अरू भवन छैनन् । खुला आकाशमुनि पढाउनु पर्ने बाध्यता छ । हावा लाग्दा पानी पर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन । जसले गर्दा विद्यार्थीको अध्ययन अध्यापनमा प्रत्यक्ष असर परेको छ ।’

विद्यार्थीको भविष्य अन्धकारतिर

विद्यालय अध्यन अध्यापन गराउने थलो हो । तर, विद्यार्थीलाई अध्यापन गराउनुको साटो विद्यालय राजनीतिको अखडा बनिरहेको एक स्थानीयको भनाइ छ । यहाँ शिक्षकभन्दा धेरै राजनीतिक दलका नेता रहेको उनी बताउँछन् ।

५ नम्बर वडामा कांग्रेसले जितेको वडा हो । नगरपालिकाको तेतृत्व एमालेले गरीरहेको छ । जसले गर्दा पत्यक्ष रुपमा विद्यालय राजनीति चपेटामा परेको वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद रेग्मी बताउँछन् ।

‘भवन निर्माणको लागि पटक पटक नगरपालिका, वडा कार्यालयमा धायौँ । सोही अनुसार आश्वासन पनि पायौँ,’  उनले भने, ‘नगरपालिकालगायत सरोकारवालाहरूले हुन्छ हुन्छ मात्रै भने । भवन नहुँदा चौरमै पढाउन बाध्य छौँ ।’ ८ भदौ ०७८ को अविरल वर्षातले क्षति पुगेको विद्यालय भवन निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन् ।

उनका अनुसार ३८ वर्षअघि स्थापना भएको विद्यालयमा अहिलेसम्म भवन निर्माणमा कुनै योजना परेको छैन । ‘स्थानीय सरकार आएको चारवर्ष बित्न लाग्यो तर, नगरपालिकाबाट कुनै आशा भएन,’ उनले भने, ‘२०४० सालमा स्थानीय स्रोतसाधनमा भवन निर्माण भयो तर अहिलेसम्म कसैले सहयोग गरेन । भवनका लागि सबै ठाउँमा हारगुहार गरेपनि कसैले सुनेनन् ।’

जनता माध्यामिक विद्यालयमा दुई सय २४ जना विद्यार्थी छन् । एक जना बालविकास सहजकर्ता, एक जना राहत शिक्षक, एक अस्थाई र चार जना स्थाई शिक्षक रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ ।

विद्यालय भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले प्रदेशमा भवन माग गर्न वडा कार्यालयमा जादा वडाअध्यक्षले सिफारिस गर्न नमानेको उनी बताउँछन् । – न्युज कारखानाबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : ५५ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय