पौडेल समूहको बैठक चाक्सीबारीमा जारी, देउवा समूहले पदाधिकारी उम्मेदवार चयन गर्न सकेन « Khabarhub

पौडेल समूहको बैठक चाक्सीबारीमा जारी, देउवा समूहले पदाधिकारी उम्मेदवार चयन गर्न सकेन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष सकिएको थियो ।

नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा शेखर कोइराला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन् । बैठकले बुधबारै सभापतिको साझा उम्मेदवार तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।

इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन् । तर महामन्त्री डा. कोइराालले वरिष्ठ नेता पौडेललाई आफ्नो समर्थन रहने मंगलबार बताएका थिए । सभापतिकै टुंगो नलागेकाले अन्य पदाधिकारीबारे पौडेल समूहमा छलफल नै भएको छैन ।

उता सभापति शेरबहादुर देउवा समूहले सभापतिमा देउवालाई अगाडि सार्ने निर्णय गरे पनि अन्य पदाधिकारीको उम्मेदवार टुंगो लगाउन सकेको छैन । बुधबार देउवाको निजी निवास बुढानिलकण्ठमा देउवा समूहको बैठक बसेको थियो । सो बैठकले देउवालाई सभापतिमा अगाडि सार्ने निर्णग गरे पनि पदाधिकारीबारे निर्णय गर्न सकेन ।

दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीका लागि दर्जनौँ नेताहरुले दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : ३० बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित