माओवादी केन्द्रले बनायो ३२ विभाग, प्रचण्ड स्कुल विभाग प्रमुख (सूचीसहित) | Khabarhub Khabarhub

माओवादी केन्द्रले बनायो ३२ विभाग, प्रचण्ड स्कुल विभाग प्रमुख (सूचीसहित)


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले ३२ वटा विभाग गठन गरेको छ । यस्तै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याएका छन् । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ ।

अर्थ विभाग प्रमुखमा वर्षमान पुन अनन्त र उपप्रमुख विन्दमान विष्ट रहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख वामदेव क्षेत्री बन्दा उपभोक्ता हित आपूर्ति विभागको प्रमुखको जिम्मा मात्रिका यादवलाई दिइएको छ ।

यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

३२ वटै विभागले पूर्णता भने पाएका छैनन् । सदस्यहरु बाँकी राखेर विभाग गठन गरिएको छ । अध्यक्ष प्रचण्डले रिक्त पदमा मनोनित गर्नेछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५० बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका