माओवादी केन्द्रले बनायो ३२ विभाग, प्रचण्ड स्कुल विभाग प्रमुख (सूचीसहित) « Khabarhub

माओवादी केन्द्रले बनायो ३२ विभाग, प्रचण्ड स्कुल विभाग प्रमुख (सूचीसहित)


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले ३२ वटा विभाग गठन गरेको छ । यस्तै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याएका छन् । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ ।

अर्थ विभाग प्रमुखमा वर्षमान पुन अनन्त र उपप्रमुख विन्दमान विष्ट रहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख वामदेव क्षेत्री बन्दा उपभोक्ता हित आपूर्ति विभागको प्रमुखको जिम्मा मात्रिका यादवलाई दिइएको छ ।

यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

३२ वटै विभागले पूर्णता भने पाएका छैनन् । सदस्यहरु बाँकी राखेर विभाग गठन गरिएको छ । अध्यक्ष प्रचण्डले रिक्त पदमा मनोनित गर्नेछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५० बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय