पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने « Khabarhub

पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित केन्द्रीय नेताहरुको बैठक भएको थियो ।

सो बैठकले उम्मेदवार तय गर्न नसकेको हो । बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले साझा उम्मेदवार नटुंगिएको जानकारी दिए । उनले विहीबार बिहान ८ बजे फेरि बैठक बसेर उम्मेदवार टुंग्याइने बताए ।

विहीबार सभापतिका आकांक्षीबाहेकका नेताहरुको बैठक बसेर निष्कर्ष दिइने र सोहीअनुसार उम्मेदवार फाइनल हुने उनले बताए । बुधबार बिहान आकांक्षीबाहेकका नेताहरुको बैठक बसेको थियो । त्यसपछि चाक्सीबारीमा आकांक्षीसहित बैठक बसेको थियो । तर, यी बैठकमा कुनै प्रगति भएन ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ४० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित