परपुरुषसँग माया बसेपछि आफ्नो श्रीमानको हत्या गर्ने योजना बन्यो « Khabarhub

परपुरुषसँग माया बसेपछि आफ्नो श्रीमानको हत्या गर्ने योजना बन्यो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।

लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा थिए ।

उनीहरूले ढुङ्गा प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पतीबीच पटकपटक विवाद हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत परिवर्तन गरिदिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसरी भयो हत्या

मृतक लामाको घर र ससुराली एउटै गाउँमा रहेको छ । हत्या अभियोगमा पक्राउ परेका कान्छा लाल लामासमेत सोही गाउँका बासिन्दा हुन् । मृतक लामाको ससुराली घरमा मंसिर २० गते साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर हत्या भएको थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालालाई बोलाएको भए पनि डरले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए ।

घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो । बाटोभन्दा केही तल अर्धनङ्न पारी खोल्सामा घोप्टो फालेको अवस्थामा उनको शव फेला परेको थियो ।

तत्काल प्रहरी चौकी तेम्बाथाङ कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राति नै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको बताए।

पक्राउ परेका कान्छा लाल तामाङ पनि विवाहित हुन् भने अभियुक्त निमा साङलो तामाङ र छेवाङ लामाका दुई छोरा र एक छोरी छन् । बाबुको मृत्यु र आमा प्रहरी नियन्त्रणमा रहेकाले बालबच्चाको बिचल्ली रहेको आफन्तजन बताउँछन् । मृतक लामामाथि पनि ६ वर्ष अघिको ज्यान मार्ने अभियोग थियो । केही समयअघि विदेशबाट आएर सिधै अदालत पुगी पाँच हजार धरौटी तिरेर उनी छुटेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : २५ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय