पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्रीको सम्बोधन « Khabarhub

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्रीको सम्बोधन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका विदेशमन्त्री डा एस जयशंकरले बुधबार भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।

उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका अनुभवहरूबारे छलफल गर्ने बहुमूल्य अवसर प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकारलाई बधाई दिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पनि सहभागी थिए ।

आफ्नो सम्बोधनमा जयशंकरले २०१५ जुन २५ मा नेपालको पुनर्निर्माण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले भूकम्प पीडितको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका थिए । यसको एक चौथाइ स्वास्थ्य, सांस्कृतिक सम्पदा, आवास र शिक्षा क्षेत्रमा उपयोग गर्न अनुदान सहायताको रूपमा दिने प्रतिबद्धता जनाइएको थियो। विगत पाँच वर्ष वा सोभन्दा बढी अवधिमा भारतले नेपाल सरकारले पहिचान गरेका विभिन्न प्राथमिकताका क्षेत्रहरू अन्तर्गतको प्रतिबद्धतालाई उल्लेख्य रूपमा पूरा गरेको उनले दाबी गरे।

उनले भारतीय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजि सञ्चालित घरको पुनर्निर्माण सम्पन्न भएको पनि बताए । स्वास्थ्य, शिक्षा र संस्कृतिका बाँकी क्षेत्रका आयोजना पनि अघि बढिरहेका छन् । नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरूमा ७० विद्यालय र पुस्तकालय, १ सय ३२ स्वास्थ्य सुविधा र २८ सांस्कृतिक सम्पदा क्षेत्रका आयोजनाहरूको पुनर्निर्माणको लागि भारत सरकारले आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ ।

उनले विनाशको भग्नावशेषबाट आफ्नो जीवन र समुदायको पुनर्निर्माण गरेका नेपाली जनताको साहसको प्रशंसा गरे। उनले यसबाट सिकेका पाठ र पुनर्निर्माणको क्षमतालाई समग्र विकासको प्राथमिकतामा मूलप्रवाहमा ल्याइने भएकाले त्यस्ता समर्पित प्रयासबाट नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न हुन लागेको बताए ।

विदेशमन्त्री जयशंकरले नेपालसँग भारतको विकास सहयोग बहुआयामिक र बहुस्तरीय भएकोमा जोड दिए। उनले पारस्परिक सहयोग मानव प्रयासको हरेक क्षेत्रमा फैलिएको र यो दुई देशका जनतालाई जोड्ने अन्तर्क्रियात्मक गन्तव्य र विकास मार्गहरूद्वारा परिभाषित रहेको उल्लेख गरे।

राम्रोसँग पुनर्निर्माण गर्ने कार्यलाई अगाडि बढाउन विनाशको खरानीबाट निस्किएको नेपाली राष्ट्रको भावना र साहसको उनले प्रशंसा गरे। उनले भूकम्पपछिको पुनर्निर्माणको नेपालको यात्रामा भारत र त्यहाँका जनताले योगदान दिनु गौरवको विषय भएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ४० बजे

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री