यस्तो छ कांग्रेस महाधिवेशनको चुनावी कार्यतालिका « Khabarhub

यस्तो छ कांग्रेस महाधिवेशनको चुनावी कार्यतालिका


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गते काठमाडौँमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको चुनावीी कार्यतालिका प्रकाशन गरेको छ ।

यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा।

१ महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे।

२ उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

३ उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म।

४ दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म।

५ उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार)ः २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म।

६ मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म।

७ उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२ः१५ बजे।

८ मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे।

राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा।

सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।

सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : १० बजे

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय