विवाह पञ्चमीको मुख्य दिन, दिउँसो स्वयम्वर, साँझ विवाह « Khabarhub

विवाह पञ्चमीको मुख्य दिन, दिउँसो स्वयम्वर, साँझ विवाह


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन बुधबार दिउँसो स्वयम्वर सम्पन्न भएको छ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममा पश्चात रङ्गभूमिमा पुर्‍याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई बुधबार साँझ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

सो अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी भएका थिए । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिएको थियो ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरेको थियो ।रासस

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ३० बजे

आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको

यो ‘ग्लोबल क्राइसिस’ हो इन्ट्रेस्ट रेड सबैतिर बढेको छ’

नेपाली उद्यमी व्यावसायीहरु आर्थिक मन्दीलगायत बैङ्किङ समस्याबाट पीडित छन् ।

झापा र पर्साबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ- झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर