प्रतिनिधिसभा विघटन असंवैधानिक भएको चार पूर्वप्रधानन्यायाधीशको ठहर | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको चार पूर्वप्रधानन्यायाधीशको ठहर


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधिसभा विघटन संवैधानिक नभएको धारणा सार्वजनिक गरेका छन् ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरूले संसद् विघटनलाई वैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सिर्जना हुन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलहरूमा तीव्र ध्रुविकरण देखिरहँदा पूर्वप्रधानन्यायाधीशहरूले पनि विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेपछि यो विषय थप पेचिलो बनेको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : १० बजे

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले