प्रेमममा पर्नु भएको छ ? यस्ता छन् फाइदा « Khabarhub

प्रेमममा पर्नु भएको छ ? यस्ता छन् फाइदा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र नभई स्वास्थ्यमा समेत फाइदा गर्दछ ।

मायाका अनगिन्ती स्वास्थ्य फाइदाहरु मध्ये केहि फाईदा यस्ता छन् । यस्ता छन् फाइदा –

अनुहारमा चमकः मायामा पर्दा एउटा अनौठो अनुभव हुन्छ । जस्ले गर्दा मानिसमा खुसी र सुखको महसुस हुन्छ । त्यसैले उनीहरुको हनुहार लगाएत छालामा चमक आएको हुन्छ ।

विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्दछ ।

कमजोरीबाट टाढै राख्छः अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ । यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।

रक्तचाप घटाउँछः एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल) को तुलनामा न्यून थियो। तपाईको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्दछ।

दीर्घायुको अवसरः कुनै जोडीमा मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःख सुःख आदानप्रदान गर्ने अवसर दिन्छ। विज्ञहरुका अनुसार सोहि कारणले पनि खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन् ।

उपचार छिटोः राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको हुन्छ। मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित पनि भईसकेको छ । अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ।

डिप्रेसन जित्ने शक्तिः माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्ने भएकाले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँदछ।

उद्देश्य पूरा गर्न सक्छः मायामा परेका जोडीहरुले आफ्नो उद्धेश्य सजिलै पुरा गर्न सक्छ । सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्दछ ।

तनाव घटाउँछः मायामा राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनाव लगायतलाई हराउँछ। जसले गर्दा तनाव घटाउछ । एजेन्सीको सहयोगमा  ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : १५ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०