पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान | Khabarhub Khabarhub

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको सामान्य प्रभावले आज पनि तराइका भू-भागमा हुस्सु लागेको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धरैजसो  स्थानहरुमा हुस्सु लागेको छ ।

अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को  पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु लागेर बादल पनि ढाकिएकाले देशका अधिकांश स्थानको तापक्रम भने बढेको छ । महाशाखाका अनुसार आज विहान ८:४५ को मापनअनुसार धनगढीको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै भैरहवाको १०.३ डिग्री सेल्सियस, विराटनगरको १२.४, नेपालगञ्जको ११.७, काठमाडौँको ४.५ तथा सबैभन्दा कम जुम्लाको माइनस तीन डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २५ गते (शनिबार)

दिउँसो : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 पौष  गते (सोमबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही  अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली  रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ४५ बजे

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता