प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजनको कारक : मन्त्री अर्याल « Khabarhub

प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजनको कारक : मन्त्री अर्याल


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएकी छिन ।

स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरिन ।

उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पुर्‍याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताइन ।

सरकारले नेपालको नक्सामा लामो समयदेखि गुमेको कालापानी लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेदेखि नै छिमेकीसँग सम्बन्ध बिगारेको भन्दै आफ्नै पार्टीका जिम्मेवार नेताबाट भएको टिकाटिप्पणीबाट सबै कुरा प्रष्ट भएको मन्त्री अर्यालको भनाइ थियो ।

मन्त्री अर्यालले जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उत्पादनका काममा लाग्नसमेत आम कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले समाज सेवासँगसँगै व्यवसायका क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्नेमा जोड दिइन।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल