प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

प्रतिनिधिसभा पुनःस्थापना हुँदैन : अर्थमन्त्री पौडेल


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिए ।

उनले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रित भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गरे ।

स्थायी कमीटी सदस्य छविलाल विश्वकर्माले हिलोमा नै कमल फूल्न सक्ने भन्दै अहिलेको समयलाई सदुपयोग गर्दै परिस्थितिलाई निखार गर्नुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका राम्रा काम र प्रयास बारेमा जनतालाई जानकारी दिनुपर्नेमा उनले जोड दिए ।

नेकपाका नेतृ सृजना काफ्लेले राजनीतिक व्यवस्था र पाटी तरङ्गित भएको अहिलेको विशेष अवस्थामा कार्यकर्ताले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै अहिलेको राजनीतिक परिस्थतिलाई विश्लेषण गरी जनता माझ जानुपर्ने धारणा व्यक्त गरिन ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ५४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव