जनताको भावना कुण्ठित हुन पुगेकोमा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल « Khabarhub

जनताको भावना कुण्ठित हुन पुगेकोमा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिका सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए ।
उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे ।

“नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो”, उनले भने, “कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इर्ष्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो ।”

कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिह्न सूर्य प्राप्त गर्ने बताए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्रको सुन्दरता भनेको निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनबाट जनताले गर्ने फैसलालाई सबैले स्वीकार गर्न तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल