संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा ‘बयलगाडा’ जुलुस « Khabarhub

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा ‘बयलगाडा’ जुलुस


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार प्रदेश नं. १ मा प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रम गरेको छ ।

विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्रनम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको विरोध र्‍याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयलगाडासहित निस्किएको विरोध र्‍याली ठाउँ-ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो ।

कोणसभाहरुलाई कांग्रेस पूर्व झापा जिल्ला सभापति पूर्णानन्द शर्मा, पार्टीका महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डी भण्डारी, नगर सभापति रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईं, नगर सभापति मन्धरा पौडेल लगायतले सम्बोधन गरे ।

वक्ताहरुले वर्तमान सरकारले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै यसलाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेताहरुले अहिले भ्रष्टाचारले सीमा नाघेको साथै महंगीले नागरिक आक्रान्त भइरहेका बेला जनताको सर्वोच्च थलो संसदनै विघटन भएकोले नागरिकको अधिकारका लागि सडकमा आउनु पर्ने बाध्यता रहेको बताए ।

प्रदेश क्षेत्र सभापति पदम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिवद्वय धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष