बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश | Khabarhub Khabarhub

बार्यन म्युनिख क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन क्लब बार्यन म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो ।

कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले १७ र ८५ औँ मिनेटमा गोल गरे । लेवान्डोस्कीले यो सिजन २७ खेलमा कुल २९ गोल गरिसकेका छन् ।

बार्यनले आउँदो बिहीबार हुने फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : ११ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)