संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु दृष्टिदोष : नेता भट्टराई « Khabarhub

संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु दृष्टिदोष : नेता भट्टराई


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएलसँगै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यस्तो सोचाइ राख्नु गम्भीर दृष्टिदोष भएको तर्क गरेका हुन ।

‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है,’ सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं।’

उनले भनेका छन्, ‘अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : १९ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर