दोस्रो शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह | Khabarhub Khabarhub

दोस्रो शक्ति प्रदर्शनको तयारीमा प्रचण्ड–नेपाल समूह


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका दुई समूह शक्ति प्रदर्शनको होडमा उत्रिएका छन् । एक पक्षले प्रदर्शनमा उतारेको मानिसको संख्यालाई चुनौती दिँदै अर्को समूहले अझै धेरै मानिस उतार्ने लक्ष्यसहित प्रदर्शनमा उत्रिने गरेका छ्न ।

यही क्रममा नेकपाको प्रचण्ड नेपाल समूहले फेरि शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि माघ ९ मा शक्ति प्रदर्शन गरेको यो समूहले फेरि माघ २८ मा दोस्रो पटक शक्ति प्रदर्शन गर्दैछ ।

माघ ९ मा प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरे लगत्तै ओली समूहले माघ २३ मा शक्ति प्रदर्शन गरेको थियो । त्यसपछि फेरि प्रचण्ड–नेपाल समूहले दोस्रोपटक शक्ति प्रदर्शनको तयारी थालेको थियो।

केन्द्रीय संघर्ष समितिका सहसंयोजक सूर्य सुवेदी ‘पथिक’ले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी, प्रतिक्रान्तिकारी कदमविरुद्ध देशव्यापी रूपमा जनआक्रोश बढ्दै गएकाले २८ माघको प्रदर्शनमा अघिल्लो पटकभन्दा दोब्बर जनसहभागिता रहने दाबी गरे।

उनले गैरसंवैधानिक र गैरकानुनी कदमका विषयमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा विचाराधीन मुद्दामा संविधानसम्मत र कानुनसम्मत निष्पक्ष फैसला आउने विश्वास रहे पनि जनताको पहल र जागरणलाई निरन्तरता दिन प्रतिगामी कदमविरुद्ध तेस्रो चरणको उत्कर्षका रूपमा बृहत् आमसभा गर्न लागिएकोसमेत जानकारी दिए ।

प्रदर्शनका दिन के के हुन्छ ?

प्रचण्ड–नेपाल समूहले बृहत् विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मूल जुलुस निकाल्ने तयारी गरेको छ। सुन्धाराबाट सुरू हुने मूल जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्दै छन्। मध्याह्न १२ बजे मूल जुलुस सुरू हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुस निकालिने केन्द्रीय संघर्ष समितिले जनाएको छ। सहायक जुलुसहरू पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केसरमहल र जमलबाट सुरू हुनेछन्।

जसअनुसार पुल्चोकबाट सुरू हुने जुलुस कुपन्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा मिसिनेछ। त्यस जुलुसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल, र प्रमेश हमालले गर्नेछन्। ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि उक्त जुलुसमा सहभागी हुनेछन्।

त्यस्तै, त्रिपुरेश्वरबाट सुरू हुने सहायक जुलुस सुन्धारामा मिसिनेछ। जुलुसको नेतृत्व स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्। माइतीघरबाट सुरू हुने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ। त्यस सहायक जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव र हरिबोल गजुरेललगायतका नेताले गर्नेछन्।

त्यस्तै, केसरमहलबाट सुरू हुने जुलुस दरबारमार्ग, जमल, कमलादी, असन, इन्द्रचोक, न्युरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ भने नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन्। जमलबाट सुरू हुने जुलुस कमलाक्षी, असन, इन्द्रचोक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ। त्यस जुलुसको नेतृत्व लीलामणि पोखरेलसहित केन्द्रीय सदस्यहरूले गर्नेछन्। मूल जुलुस सुन्धाराबाट सुरू भएर वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : ३३ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले