अमेरिकी संसद आक्रमणमा ट्रम्पले कसैलाई ‘नउकासे’को उनका वकिलको दाबी « Khabarhub

अमेरिकी संसद आक्रमणमा ट्रम्पले कसैलाई ‘नउकासे’को उनका वकिलको दाबी


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको बचाउ गरेका छन् ।

जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि महाअभियोग झेलेका ट्रम्पको बचाउनमा वकिलहरूले क्यापिटल हिलमा भएको आक्रमणमा उनको कुनै संलग्नता वा भूमिका नरहेको दाबी गरेका छन् ।

संसद भवनमा आक्रमण गर्ने पूर्वराष्ट्रपतिका समर्थकहरु ट्रम्पको उक्साहटले नभइ आफ्नै विवेकले सहभागी भएको दाबी वकिलहरुले गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि लागेको महाभियोगमाथि माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ।

तर, महाअभियोगको सुनुवाइमा आफू सहभागी नहुने ट्रम्पले अडान लिँदै आएका छन् ।

गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

हिंसात्मक कदम चाल्न समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाभियोग लागेको हो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित भएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : १० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया