अमेरिकी संसद आक्रमणमा ट्रम्पले कसैलाई ‘नउकासे’को उनका वकिलको दाबी « Khabarhub

अमेरिकी संसद आक्रमणमा ट्रम्पले कसैलाई ‘नउकासे’को उनका वकिलको दाबी


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको बचाउ गरेका छन् ।

जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि महाअभियोग झेलेका ट्रम्पको बचाउनमा वकिलहरूले क्यापिटल हिलमा भएको आक्रमणमा उनको कुनै संलग्नता वा भूमिका नरहेको दाबी गरेका छन् ।

संसद भवनमा आक्रमण गर्ने पूर्वराष्ट्रपतिका समर्थकहरु ट्रम्पको उक्साहटले नभइ आफ्नै विवेकले सहभागी भएको दाबी वकिलहरुले गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि लागेको महाभियोगमाथि माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ।

तर, महाअभियोगको सुनुवाइमा आफू सहभागी नहुने ट्रम्पले अडान लिँदै आएका छन् ।

गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

हिंसात्मक कदम चाल्न समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाभियोग लागेको हो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित भएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : १० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार