करियरले रोकिएको मनीषा र राहुलको प्रेम « Khabarhub

करियरले रोकिएको मनीषा र राहुलको प्रेम


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–अभिनेता राहुल रोय भन्नासाथ हरेक दर्शकको दिमागमा फिल्म ‘आशिकी’को याद आउछ । यो फिल्मको गीत ‘नजर के सामने, जिगर के पास, कोई रहता है’ले राहुललाई रातारात स्टार बनाइदियो ।

सन् १९९० मा निर्माण भएको फिल्म ‘आशिकी’मार्फत फिल्ममा डेब्यू गरेका राहुलले आफ्नो लुक्स र मुस्कानले दर्शकलाई मोहित बनाएका थिए । तर राहुलको भाग्य जति छिटो चम्कियो, त्यति नै छिटो गतिमा उनी फ्लप पनि भए । पहिलो फिल्मबाहेक उनको अरु कुनै पनि फिल्मले बक्सअफिसमा सफलताको स्वाद चाख्न पाएनन् ।

यिनै राहुल मंगलबार आफ्नो ६३ औं जन्मदिन मनाउदैछन् । कलेजको दिनमा राहुल दिल्लीमा मोडलिङ गर्दथे । उनी व्यापारिक पारिवारिक पृष्ठभूमिबाट आएका थिए । उनी आमा पत्रिकामा लेख लेख्थिइन् । एकपटक उनको लेख पढेपछि निर्देशक तथा निर्माता महेश भट्ट आमालाई भेट्न राहुलको घर पुगे । घरमा पुग्दा राहुलको तस्बिर देखेपछि महेशको ध्यान राहुलतिर मोडियो । महेश घरमा पुग्दा राहुल नभएपछि महेशले राहुललाई फोन सम्पर्क गरे ।

जब राहुल महेशलाई भेट्न उनको अफिस पुगे, त्यही समयमा महेशले राहुललाई ‘आशिकी’को अफर गरे । त्यसपछि राहुलले फिल्मका लागि अभिनय सिके । राहुलले पहिलो फिल्म फ्लप हुन्छ भन्ने सोचेका थिए । तर परिणाम ठिक विपरित निस्कियो । यो फिल्म बक्सअफिसमा सुपरहिट भएपछि राहुल ८ महिनासम्म बेरोजगार भए । ८ महिनापछि भने राहुलको हातमा झण्डै ६० फिल्मको प्रस्ताव आयो ।

राहुलले करिब ४७ वटा फिल्म एकसाथ साइन गरे । पुनः खाली नबस्नुपरोस् भन्नकै लागि उनले ती सबै फिल्ममा हस्ताक्षर गरे । ‘आशिकी’ हिट भएपछि उनको २५ फिल्म पूर्ण रुपमा फ्लप भयो ।

यसपछि उनले सन् १९९२ मा महेशकै फिल्म ‘जुनून’मा अभिनय गरे । यो फिल्ममा उनले निभाएको भिलेन चरित्रले दर्शक चकित भए । मूलधारको फिल्ममा आफ्नो करियर डुब्दै गरेको देखेपछि राहुलको नजर भोजपुरी फिल्म तिर पुग्यो । तर त्यहाँ पनि उनी सफल हुन सकेनन् । उनले ‘बी’ र ‘सी’ ग्रेडका फिल्ममा पनि अभिनय गरे । कतैबाट पनि आफ्नो करियर अगाडि नबढेपछि उनी विस्तारै फिल्मबाट टाढिए ।

उनको व्यक्तिगत जीवन पनि उतारचढावपूर्ण नै रह्यो । उनको अफेयर महेशकी जेठी छोरी तथा अभिनेत्री पूजा भट्टसँग भयो । तर दुवैले कहिले पनि आफ्नो सम्बन्धलाई स्वीकारेनन् । पूजा पछि उनको जिन्दगीमा मनिषा कोइराला आइन् । तर राहुल आफ्नो गिर्दो करियरबाट चिन्तित थिए ।

जसकारण मनीषासँग उनको सम्बन्ध लामो टिकेन । त्यसपछि उनले मोडल राजलक्ष्मी खानविलकरसँग विवाह गरे । तर त्यो विवाह पनि लामो समय टिकेन । टेलिभिजन रियालिटी शो ‘बिग बोस १’मा पनि सहभागिता जनाइसकेका राहुल अहिले सानातिना फिल्मका निर्माता बनेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : ०८ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम