कोरोनाको प्रभाव : प्रदेश–२ को विकास खर्च कछुवा गतिमा « Khabarhub

कोरोनाको प्रभाव : प्रदेश–२ को विकास खर्च कछुवा गतिमा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा कोरोनो प्रभावले विकास निर्माणमा असर परेको छ । कोभिड १९ का कारण लामो समय भएको बन्दाबन्दीले बजेट खर्च सुस्त गतिमा भइरहेको छ ।

प्रत्येक वर्ष असारे विकास गरी बजेट सकाउँदै आएका प्रदेश २ सरकारले यसवर्ष कोरोनाको बहाना देखाउँदै कछुवा गतिमा बजेट खर्च गरिरहेका छन् ।

कोरोनाको प्रभावले प्रदेश सरकारले ६ महीनामा करिब ९ प्रतिशत बजेट मात्र खर्च गरेका छन् । चालू आर्थिक बर्ष २०७७/७८ को ६ महीनामा बितिसकेपनि सरकारको बजेट खर्चले गति लिन सकेको छैन् ।

महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट छुट्टयाएको प्रदेश २ सरकारले काम अगाडि बढाउन नसक्दा यस पटक पनि बजेट न्यून खर्च हुने र धेरै बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

प्रदेश सरकारले कुल विनियोजित बजेटमा साउनदेखि पुससम्म मात्र ९ दशमलव ३ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले जानकारी दिए । उनका अनुसार साउनदेखि पुससम्म खर्च भएको यो प्रतिशत प्रदेश सरकारले खर्च गरेको जम्मा बजेट हो ।

प्रदेश सरकारले कुल विनियोजित बजेटको मध्ये पुस मसान्तसम्म ३ अर्ब २१ करोड ६३ लाख ४८ हजार एक सय २० रुपैयाँ जम्मा बजेट खर्चेको छ ।

चालूतर्फ १० दशमलव १२ प्रतिशत अर्थात १ अर्ब ५९ करोड ५६ लाख ४० हजार एक सय ३८ रुपैयाँ मात्रै खर्च गर्न सकेको उनले बताए ।

प्रदेश सरकारले पुँजीगततर्फ झन् न्यून बजेट खर्च गरेको देखिएको छ । पुँजीगत तर्फ सरकारले ८ दशमलव ४५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड ८ लाख ७ सय ८३ रुपैयाँ खर्चेको छ ।

जबकी प्रदेश सरकारले पुँजीगत तर्फ १९ अर्ब १७ करोड ९८ लाख ९३ हजार रुपैयाँ र चालूतर्फ १५ अर्ब ३० करोड १० लाख ९८ हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : २२ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो