प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयात | Khabarhub Khabarhub

प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आयात



काठमाडौँ– प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ ।

सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ ।

यस वर्षको पे्रम दिवसमा अनुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

एशोसियसनका अध्यक्ष कुमार कसजुका अनुसार माग हुने गुलाफमा डच रोज तथा कलकत्ते लोकल रोज रहेका छन् ।

‘यो नेपालभरीको अनुमानित बजार माग हो, काठमाडौँ उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाफ खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौँ भ्याली बाहिरको शहरहरुमा खपत हुन्छ’ उनले भने ।

८० प्रतिशत आयात

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन ।

अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेका वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ ।

‘बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम मात्र आन्तरिक उत्पादनबाट र ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्नेछ’ कसजुले खबरहबसँग भने ।

साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादनमा कमी आएकाले आयात वर्षेनी बढेको उनले बताए ।

फूलको गुणस्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्य हुने उनले बताए ।

यसवर्षको प्रेम दिवसमा एकदेखि सवाँ करोडसम्मको फूलको कारोवार हुने फ्यानको अनुमान छ ।

गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ ।

गत वर्ष प्रति स्टिम रु ८० देखि सय को हाराहारीमा २ लाख स्टिम गुलाफको कारोवार भएको थियो ।

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८ हजार स्टिम गुलाफको माग रहने गरेको छ भने ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत अन्य देशहरुबाट आयात हुने् गरेको छ ।

यद्यपी यस वर्षभने कोभिड १९ का कारणले उत्पादन तथा बजार मागमा ४० प्रतिशतले कमी आएको छ । कोरोनका कारण देश लकडाउन भएसँगै थला परेको पुष्प क्षेत्रमा व्यवसायीले प्रशस्त फूल फूलाउन सकेनन् ।

बजार चलायमान नभएको खण्डमा फूल फ्ँयाक्नु पर्ने स्थिति आउला भन्ने डर व्यवसायीमा अझैं कायमै छ ।

नेपालमा गुलाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौँ उपत्यका भित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाफ फूलको व्यावसायीक खेती विस्तार हुने क्रममा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ११ : ५० बजे

भौगोलिक प्रदेश समूहका नेताले भने- एमालेको नेतृत्वमा केपी ओलीको विकल्प छैन

गोदावरी- नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा २ लाख १२ हजार पुग्यो 

काठमाडौं– आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको

युक्रेनको सरकारी मुख्यालयमा क्षति

किएभ– युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी

ललितपुर महानगरद्वारा अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण

निजामती सेवा दिवस : काठमाडौंमा प्रभात र्‍याली (तस्बिरहरू)

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ