इन्टरनेट प्रयोग गर्दा डाटा चोरिने डर, यसरी हुन सकिन्छ सुरक्षित « Khabarhub

इन्टरनेट प्रयोग गर्दा डाटा चोरिने डर, यसरी हुन सकिन्छ सुरक्षित


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ ।

आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वमा साइबर सुरक्षालाई लिएर विभिन्न नीति बनाइएका छन् ।

हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ । यस्ता चुनौतीलाई हामीले सामना भने गर्न सकिन्छ ।

तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग गर्दा, तस्वीरहरु खिच्दा, कुनै चीज सर्च गर्दा पनि डाटा चोरी भइरहेको हुनसक्छ ।

त्यसैले गुगल या अन्य ब्राउजरमा केही खोजी गर्दै हुनुहुन्छ भने सुरक्षित रहन पनि सकिन्छ । डाटा चोरी हुन नदिनबाट कसरी जोगिने ?

ब्राउजिङ गर्दा इंकोग्निटो मोड प्रयोग गर्ने

हरेक ब्राउजरमा इंकोग्निटो मोड हुन्छ । कुनै ब्राउजरमा प्राइभेट मोड भनेर नाम दिइएको हुन्छ । इन्टरनेटमा कुनै चीज खोजी गर्दा इंकोग्निेटो या प्राइभेट ब्राउजर प्रयोग गर्दा डाटा चोरी हुने सम्भावना कम हुन्छ ।

पप–अपबाट डाटा चोरिने डर

हामीले कुनै साइट खोल्दा या मोबाइलमा ब्राउज गर्दा पप–अप एडहरु देखिन्छन् । ती एडहरुमा आकर्षक कुरा लेखिएका हुन्छन् । कुनैले रकम जितेको भन्दै लोभ्याउँछन् ।

यस्ता पप–अप स्क्रिनमा आइरहन्छन् । त्यसैले यस्ता ट्याबहरु तत्काल बन्द गर्नुपर्छ । यसले सिस्टम नै स्लो गर्ने कार्य पनि गर्छन् ।

हरेक साइटका लागि फरक फरक पासवर्ड राख्ने

हामीमध्ये धेरैको बानी भुल्न सकिन्छ भनेर हरेक साइटमा एउटै पासवर्ड राख्ने गरिन्छ । यदि कुनै तरिकाले एक ठाउँको पासवर्ड राखियो भने अर्को साइटको पासवर्ड पनि गेस गरेरै अरुले प्रयोग गरिदिन सक्छन् ।

त्यसैले पासवर्ड राख्दा फरक फरक पासवर्ड राख्ने गर्दा इन्टरनेट ह्याकिङमा सहज हुन्छ ।

लोकसन शेयर नगर्ने

स्मार्टफोनमा हामीले आफ्नो लोकेशन शेयर गरिरहेका हुन्छौं । यसो गर्दा कसैले कुनै एपका माध्यमबाट हामीलाई पछ्याइरहन पनि सक्छन् । एप प्रयोग गर्दा जरुरीबाहेक अरु प्रयोजनका लागि लोकेशन शेयर नगर्नुस् ।

शेयर नगर्न मोबाइलको सेटिङ ट्याबमा गएर लोकेशनलाई डिसेबल गर्न सकिन्छ ।

बेवसाइटमा आफ्नो डेबिट र क्रेडिट कार्ड शेयर नगर्ने

कुनै अनलाइन साइटमा शपिङ गरेपछि आफ्नो क्रेडिट या डेबिट कार्डको जानकारी दिनुपर्ने हुन्छ । तर, यही मौका पारेर कतिपय साइटहरुले डेबिट–क्रेडिट कार्डको जानकारी मागिरहेका हुन्छन् ।

यसरी डाटा दिँदा आफ्नो कार्डमा भएको रकम चोरी हुने प्रबल सम्भावना हुन्छ । त्यसैले विश्वसनीय नलागेका साइट या सामाजिक सञ्जालमा आफ्नो डेबिट या क्रेडिट कार्ड कहिल्यै शेयर नगरौं ।

विज्ञापनमा देखिएका जथाभावी लिंक नखोल्ने

इन्टरनेटको प्रयोग गर्दा हामीले विभिन्न विज्ञापनहरु देख्ने गर्छौं । ती विज्ञापनका माध्यमबाट कसैले सामाजिक सञ्जालको पासवर्ड पनि मागेका हुन्छन् भने कसैले अनेक अफरको बहानामा डाटा चोरी गर्ने गर्छन् ।
त्यसैले आफूले विश्वास गरेका लिंकहरु मात्र खोल्ने अरुलाई हटाउने गर्नुपर्छ ।

शंका लागेमा ब्लक गर्ने

यदि तपाईंलाई कसैले सामाजिक सञ्जालमार्फत अनेक बहाना बनाएर पासवर्ड, बैंक खाता माग्ने गरेको छ भने त्यस्तालाई ब्लक गरिदिनुस् । कसैले सामाजिक सञ्जालका माध्यमबाट लिंक पठाएर पनि तपाईंको डाटा चोरी गर्न सक्छ । त्यसैले आफूले विश्वास गर्ने बाहेक अरु लिंक खोल्दा या उनीहरुका कुरा पत्याउँदा ख्याल गर्ने गर्नुस् ।

–एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : ४२ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका