आज सेयर बजार नेप्से ओरालो, ६ अर्ब ३ करोड रुपैयाँको कारोबार  « Khabarhub

आज सेयर बजार नेप्से ओरालो, ६ अर्ब ३ करोड रुपैयाँको कारोबार 


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको तेस्रो दिन सेयर बजार नेप्से ओरालो लागेको छ ।

हिजो सोमबार कीर्तिमानी कारोबार गरेको सेयरबजारमा आज चार अर्ब कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो। सोमबार अहिलेसम्मकै उच्च अर्थात् १० अर्ब ६१ करोडको सेयर किनबेच भएको थियो।

कारोबार मापन गर्ने नेप्से ३१.९० अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ ५.२३ अंकले रातो भएका छन्।

मंगलबार कारोबारमा सामेल १२ मध्ये दुईवटा समूहको सूचक मात्रै हरियो छ। बाँकी १० समूहको सूचक ओर्लिएको छ। आज विकास बैंक र फाइनान्सको मात्रै कारोबार सूचक हरियो भएको हो।

बजारमा आज १ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता सेयर बिक्री भएको हो। खुलेदेखि नै ओरालो लागेको बजारमा दिनभरिमा ५३ हजार ५ सय ३७ पटक खरिदबिक्री भएका छन्।

आज सेयर कारोबार गर्ने ब्रोकरहरुको अनलाइन प्रणालीमा समस्या भएपछि नेप्सेले ३ बजेर ३५ मिनेटसम्म लम्ब्याइएको थियो।

आज सेयरबजारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ। कम्पनीको २८ करोडको सेयर किनबेच भएको हो।

त्यसपछि प्रभु बैंक र ग्लोबल आईएमईको उच्च कारोबार भएको छ। आज कमाउने कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतसम्म कमाएका छन् भने गुमाउने लगानीकर्ताले ५.८२ प्रतिशतसम्म गुमाएका छन्।

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ३ : ५१ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन