२४ घण्टामा १६० कोरोना संक्रमित थपिए, १६५ डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा १६० कोरोना संक्रमित थपिए, १६५ डिस्चार्ज


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ४३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ०६ बजे

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन 

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् ।