ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी  « Khabarhub

ओलीको कदम नसच्चिए देश ‘राजनीतिक संकटमा फस्ने’ नेकपा दाहाल-नेपाल समूहको चेतावनी 


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ नसच्चिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने चेतावनी दिएका छन्।

मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले यस्तो दिएका हुन ।

उनीहरुले अहिलेको आन्दोलनका बारेमा चर्चा गर्दै यो लडाइँ व्यक्तिगत नभई संविधान र लोकतन्त्रको रक्षाका निम्ति भएको बताए ।

उनीहरुले संविधानको मर्म र भावनाअनुरूप संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले उचित निर्णय लिने विश्वास व्यक्त गरे । संसद पुनर्स्थापना नै उत्तम विकल्प  रहेको उनीहरुको भनाइ छ ।

पटकपटक दुवै नेताले आफूहरूको आन्दोलन पार्टीभित्रको आन्तरिक विवादमात्र नभएको बताएका थिए ।

‘यो लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो,दाहालले भने ।

यही विषयलाई आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन चाहिरहेको प्रचण्डले बताए। ‘यहाँ लोकतन्त्रको हत्या भइरहेको छ भनेर हामीले भनिरहेका छौँ,’ प्रचण्डले भने।

विभिन्न विदेशी शक्तिहरूको आ-आफ्नै हित र चासो भएको हुनसक्ने भएपनि संसद् विघटनपछि उब्जिएको वर्तमान परिस्थितिको निम्ति प्रधानमन्त्री ओली जिम्मेवार रहेको उनको तर्क थियो ।

अर्का अध्यक्ष नेपालले पनि ओलीलाई सत्ताको मात लागेको बताउँदै तानाशाहको संज्ञा दिए। संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको उनले बताए ।

वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको समेत दाहाल-नेपाल समूहको आरोप छ ।

आफूहरुले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरको समर्थन खोजेको समेत संकेत गरेका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा नयाँ निर्वाचनको मिति तोकेसँगै दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : ५० बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका