किसानको पौरख देखेर मन्त्री दंग (फोटोफिचर) « Khabarhub

किसानको पौरख देखेर मन्त्री दंग (फोटोफिचर)



झापा– झापाको कमल गाउँपालिकाले मंगलबार पहिलो आलु महोत्सव तथा कृषि प्रदर्शनी गरेको छ ।

विगतमा समेत वर्षेनी कृषि प्रदर्शनी गर्ने भए पनि पहिलो पटक आलु महोत्सव गरिएको गाउँपालिकाले जनाएको छ ।

महोत्सवका गाउँपालिकाका किसानहरुले उत्पादन गरेको विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रमलाई कृषि मैत्री बनाउनका लागि प्रमुख अतिथी प्रदेश १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना लगायतका अतिथिहरुलाई तरकारीहरुबाट बनाइएको मालाले स्वागत गरिएको थियो ।

आलु, गाजर, मुला, सिमी लगायतबाट बनाइएको माला र रुखका पातबाट बनाइएको व्याच लगाएर अतिथिहरुको स्वागत गरियो भने खाजाको रुपमा च्याउबाट बनाइएको चिप्स, भुजिया लगायतका परिकार दिइएको थियो ।

प्रविधिको खाँचो

प्रदर्शनी अवलोकन गर्दै मन्त्री रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कतिपय कृषि उपजहरु उत्पादन हुन साथ बिक्री नगरे बिग्रन सक्ने तर तत्काल बिक्री गर्दा किसानले लागत समेत उठाउन नसक्ने भएकाले उनीहरुलाई प्रविधि प्रदान गर्न सके प्रशोधन गरेर समेत बिक्री गर्न सकिने उनको भनाइ थियो ।

कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि प्रदेश सरकार क्रियाशील रहेको उनले बताए ।

उनले भने–‘मलाई किसानको यो पौरख देखेर गर्ब लागेको छ, हामीले अब बजार र प्रविधिमा जोड दियौं भने कृषि उपजमा छिट्टै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वास छ ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठ लगायतले गाउँपालिकाले जैवीक तथा अर्गानिक कृषि प्रणालीमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट हुने किसानहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ४८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,