‘होस्ट पारिश्रमिक’मा सलमान र अमिताभ अगाडि | Khabarhub Khabarhub

‘होस्ट पारिश्रमिक’मा सलमान र अमिताभ अगाडि


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका कलाकारहरु पछिल्लो समयमा फिल्ममा भन्दा टेलिभिजन शोको होस्टका रुपमा काम गर्न आकर्षित हुन थालेका छन् । त्यहीकारण उनीहरुको कमाई पनि फिल्मको भन्दा बढी हुने गरेको छ । यसमा सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र आमिर जस्ता स्टारको नाम अग्रपंक्तिमा आउने गरेको छ ।

पछिल्लो तथ्यांक अनुसार होस्टको कमाईको मामलामा सलमान र अमिताभले शाहरुखलाई पछाडि छोडेका छन् । अभिनेता सलमान वार्षिक रुपमा टेलिभिजन रियालिटी शो ‘बिग बोस’ होस्ट गर्दै आएका छन् । हालका दिनमा उनी ‘बिग बोस सिजन १४’को होस्ट गरिरहेका छन् । यो शोको होस्ट गर्नका लागि उनले प्रतिभाग १४ करोड पारिुश्रमिक लिएका छन् ।

अर्का अभिनेता अमिताभले आफ्नो चर्चित शो ‘कौन बनेगा करोडपति’को होस्ट गर्नका लागि महंगो पारिश्रमिक बुझ्ने गरेका छन् । अमिताभले यो सबै शोको होस्ट गर्नका लागि १ सय ८० करोड पारिश्रमिक लिएका छन् । उनले कैयौं वर्षदेखि यो शो होस्ट गरिरहेका छन् ।

अभिनेता शाहरुखले पनि कुनै समयमा आफ्नो करियर टेलिभिजनबाट नै सुरुवात गरेका थिए । उनले ‘कौन बनेगा करोडपति’को तेस्रो संस्करण र टेलिभिजन शो ‘क्या आप पाँचवी पास से तेज है ?’ जस्तो शो होस्ट गरेका छन् । सन् २०११ मा उनले कलर्स च्यानलमा शो ‘जोरका झटका’ पनि होस्ट गरेका थिए । समाचार अनुसार यो शोका लागि उनले करिब ४५ करोड पारश्रमिक बुझेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ०० बजे

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक बस्दै

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११