कृषिमन्त्री अर्यालद्वारा कालिमाटी तरकारी बजार अनुगमन « Khabarhub

कृषिमन्त्री अर्यालद्वारा कालिमाटी तरकारी बजार अनुगमन


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन ।

आज कालीमाटीस्थित तरकारी बजार पुगेर उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी हुन ।

मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिइन ।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने समेत बताइन ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरण व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको सुनिश्चित सरकारले गर्ने बताइन ।

उत्पादनमा बढावा तथा बजारीकरणका लागि उचित वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाइ थियो । उनले बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल शुरु गर्ने बताइन।

“नेपालमा उत्पादित वस्तुको उत्पादन बढाउन र वस्तु प्रवर्द्धनमा चुनौती रहेको छ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेतर्फ छिट्टै हामी निष्कर्ष निकाल्छौँ”, उनले भनिन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक