आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ मार्च २१ तारिख। गौरी व्रत, मत्स्य जयन्ती व्रत र विश्व कविता दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । आर्थिक उन्नति हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ । दाम्पत्य जीवनमा सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : शुभ दिन छ । समाज र देशको भलाइ गर्ने समय छ । आजको लगानीले उन्नती हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।

सिंह : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

कन्या : दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ ।

तुला : दिन राम्रो छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलश्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक : समय सामान्य छ । आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

धनु : दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।

मकर : समय सामान्य छ । मिहिनेतको फल नमिल्न सक्छ । मानिसलाई खुशी बनाउन नसक्ने दिन छ । झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । खर्च बढ्नेछ । छोटो यात्रा तय हुन सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।

मीन : आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : ४७ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले