युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने | Khabarhub Khabarhub

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन (एएफपी)- युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् ।

युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए ।

खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ ।

युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए ।

युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ०२ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको