कर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन्, दुईको शव फेला « Khabarhub

कर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन्, दुईको शव फेला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी  एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ ।

आमा सुकी, १० वर्षीय ललित र पाँच वर्षीया रजनीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएपछि उनीहरुले कर्णालीमा हाम्फालेको अनुमान प्रहरीको छ । केही स्थानीयबासीले पनि उनीहरूले हाम फालेको देखेको बताएपछि प्रहरीले उनीहरूको खोजी शुरू गरेको थियो ।

सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैनिक मदिरा सेवन गरेर घर पुग्ने गरेका मानसिंह र सुकीबीच झगडा हुने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तर, उनीहरुले हाम फाल्ने अवस्थाका बारेमा केही पनि खुल्न सकेको छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ०६ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर