कर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन्, दुईको शव फेला « Khabarhub

कर्णाली नदीमा चार सन्तानसहित आमाले हाम फालिन्, दुईको शव फेला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी  एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ ।

आमा सुकी, १० वर्षीय ललित र पाँच वर्षीया रजनीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएपछि उनीहरुले कर्णालीमा हाम्फालेको अनुमान प्रहरीको छ । केही स्थानीयबासीले पनि उनीहरूले हाम फालेको देखेको बताएपछि प्रहरीले उनीहरूको खोजी शुरू गरेको थियो ।

सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैनिक मदिरा सेवन गरेर घर पुग्ने गरेका मानसिंह र सुकीबीच झगडा हुने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तर, उनीहरुले हाम फाल्ने अवस्थाका बारेमा केही पनि खुल्न सकेको छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ०६ बजे

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका