भलिबलको उपाधी कमललाई « Khabarhub

भलिबलको उपाधी कमललाई


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित प्रथम अन्तरपालिका स्तरिय महिला भलिबलको उपाधी झापाको कमल गाउँपालिकाले जितेको छ ।

दमक नगरपालिका, खेलकुद विकास समितिद्वारा आयोजना भएको प्रतियोगिताको फाईनल खेलमा मोरङको लेटाङ नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै कमलले उपाधी हात पारेको हो ।

बेस्ट अफ फाईभमा खेल खेलाइएको भए पनि पहिलो तेस्रो र चौथो सेटमा कमलले क्रम २५-१४/२५-२२ र २५-२३ को स्कोर ल्याएर कमलले उपाधी जितेको हो । जितसँगै कमलले नगद ४० हजार, ट्रफी, प्रमाणपत्र र मेडल पनि प्राप्त गरेको छ ।

यस्तै उपबिजेता बनेको लेटाङ नगरपालिकाले २५ हजार नगदमै चित्त बुझाउनु पर्‍यो । १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा दमक नगरपालिका अन्तरगतको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा प्रदेश १ भरिका १४ वटा पालिकाहरुले सहभागिता जनाएका थिए । २२ फागुनबाट शुरू भएको खेल क्वाटरफाईनलसम्म बेस्ट अफ थ्री र सेमिफाइनलपछि बेस्ट अफ फाईभका खेल भएको खेल संयोजक तेजु धिमालले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ४४ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।