नेहा र विनिभ बने ‘प्लस टु आइकन’ « Khabarhub

नेहा र विनिभ बने ‘प्लस टु आइकन’


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१’को उपाधि मिसतर्फ नेहाकुमारी राय र मिष्टरतर्फ विनिभ श्रेष्ठले जितेका छन् ।

नेहाले विधागततर्फको ‘पब्लिक च्वाइस’, ‘मस्ट ट्यालेन्ट’, ‘मस्ट पन्चुयल’, ‘फेसबुक च्वाइस’को उपाधि चुम्दा विनिभ ‘पब्लिक च्वाइस’, ‘मिष्टर फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’को उपाधि पोल्टामा पारे ।

प्रतियोगितामा मिसतर्फ सदिक्षा श्रेष्ठ ‘फष्ट रनर अप’सँगै ‘मिस फोटोजेनिक’, सबि श्रेष्ठ ‘सेकेन्ड रनर अप’सँगै ‘वेष्ट र्‍याम्प वाक’, आयुषा दाहाल ‘थर्ड रनर अप’सँगै ‘वेष्ट स्पीच’, हर्सना खातिवडा ‘फोर्थ रनर अपसँगै ‘मस्ट डिसिप्लेन’, ‘मस्ट स्टाइलिस’ बने ।

विधागततर्फ सम्झना घले ‘भ्युअर च्याइस’, ‘मिस कन्जुलारिटि’, इरिका श्रेष्ठ ‘वेष्ट पर्सनालिटी’, आवृत्ति वैद्य ‘मस्ट चार्मीङ्ग’, निरुता तामाङ ‘मस्ट फ्रेण्डली’, कशिस कोइराला ‘मस्ट ब्युटीफूल’, खुश्बु शाह ‘मस्ट कन्फीडेन्ट’, ‘मस्ट पोजिटिभ एटिच्यट’, शलु थापा ‘वेष्ट डान्स’, सरु महर्जन ‘वेष्ट सिंगर’, ‘मस्ट डिजर्भिङ, दिव्या नगरकोटी ‘मेनेजमेन्ट च्वाइस’ घोषित भए ।

मिष्टरतर्फ रोहन महर्जन ‘फष्ट रनर अप’, ‘मस्ट ट्यालेन्ट’, दीपेश परियार ‘सेकेन्ड रनर अप’, ‘वेष्ट डान्स’, विजय प्रधान ‘मिष्टर र्‍याम्प वाक’, ‘मिष्टर हेण्डसम’, स्वीभिन प्रिन्स ‘वेष्ट सिंगर’, ‘वेष्ट पर्सनालिटी’ र आशुतोष बर्मा ‘मिष्टर कन्जुलारिटि’ बने ।

मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : २५ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले