प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’ « Khabarhub

प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति गीतिसंग्रह ‘प्रेम प्रार्थना’ र गीति पुस्तक ‘अक्षत अनुराग’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्ना कृति सार्वजनिक गरेकी हुन् ।

दुवै कृतिको गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र विप्लव प्रतिकले विमोचन गरे ।

गीतिसंग्रह ‘प्रेम प्रार्थना’मा पाँच गीत छन् । जसमा ‘मेरो हजुर’, ‘प्रेम प्रार्थना’, ‘मिल्छ भने एउटा’, ‘सुनन’ र ‘किस्ता किस्ता’बोलका गीत छन् । गीतमा अनिल शाहीको संगीत छ ।

गीतमा स्वरुपराज आचार्य, इतु जोजिजु, बबिता मानन्धर, अस्मिता परियारको स्वर छ । गीतिसंग्रहलाई मिडिया ल्याण्डले बजारमा ल्याएको हो ।

कार्यक्रममा एल्बमको तीना गीतको भिडियो पनि सार्वजनिक गरियो । जसमा ‘प्रेम प्रार्थना’मा धिरेन शाक्य र उषा खड्गी, ‘किस्ता किस्ता’मा संगीतकार अनिल र गायिका अस्मिता र ‘सुनन’मा दिवश श्रेष्ठ र सब्बु शाही फिचर्ड छन् ।

गीति पुस्तक ‘अक्षत अनुराग’मा प्रतिमाले लेखेका ७२ गीत संग्रहित छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ०० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल