मतपत्र छाप्ने मेसिन तयार राख्न मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

मतपत्र छाप्ने मेसिन तयार राख्न मन्त्री श्रेष्ठको निर्देशन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छाप्ने मेसिन तयारी अवस्थामा राख्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएका छन् ।

केन्द्रको अनुगमन गर्न पुगेका उनले जुनसुकै समयमा सरकारले मतपत्र छाप्न लगाउने भन्दै मेसिन तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगले मतपत्र छाप्नको लागि दिएको मेसिनलाई तयार गर्नुहोस्, आयोगले निर्देशन दिने वित्तिकै मतपत्र छाप्नुपर्छ ।’

‘निर्वाचन आयोगमा मतपत्र छाप्नको लागि मेसिन राखेको छ भन्ने सुनेको छु’, उनले भने, ‘त्यसलाई पनि केन्द्रमा ल्याउन आवश्यक पहल गर्नुहोस् ।’

वर्षेनी देशका विभिन्न दुर्गम जिल्लामा शैक्षिक सत्रको अन्तिम समयसम्ममा पनि किताब नपुगेको सुनिने गरेको बताउँदै मन्त्री श्रेष्ठले आगामी दिनहरुमा त्यस्तो सुन्न नपर्ने गरी काम गर्न केन्द्रलाई निर्देशन दिएका छन् ।

‘समयमै किताब पुर्‍याउन नसक्नुका समस्याहरु के छन् हामीलाई भन्नुहोस् मन्त्रालयको तर्फबाट सक्ने काम हामी गछौँ,’ उनले भने ।

शहरी क्षेत्रमा सजिलै किताब पाइने भएकाले पहिला दुर्गम जिल्लाका विद्यालयमा किताब पुर्‍याउने गरी काम गर्न उनले सुझाव दिए ।

समयमै विद्यार्थीको हात हातमा किताब पुर्‍याउने जिम्मा लिएको केन्द्रले कुनै पनि बहानामा नयाँ शैक्षिकसत्र शुरू हुँदासम्म विद्यार्थीहरुको हातमा किताब नहुने स्थिति आउन दिनु नहुने उनको भनाइ छ ।

जनक शिक्षा सामाग्री केन्द्र आफैमा संवेदनशील क्षेत्र भएकाले सबै कर्मचारीले आफ्नो पदीय जिम्मेवारी इमान्दारीका साथ पुरा गर्नु पर्ने उनले बताए ।

कार्यरत सबै कार्मचारीले एक आपसमा सद्भावना राखेर काम गरे केन्द्र्रलाई सफलता प्राप्त हुने उनले भनाइ थियो ।

केन्द्रमा भएका समस्यालाई बुझेर मन्त्रालयबाट चाल्न सक्ने कदम र आफ्नो पदीय जिम्मेवारीले सक्ने सबै काम आफूले गर्ने उनले विश्वास दिलाए ।

वर्तमान अवस्थालाई राम्रोसँग सञ्चालन गर्न सकियो भने भविष्यलाई सफल बनाउन सकिने भएकाले केन्द्रको वर्तमान अवस्थालाई सुधार गरेर लैजानु पर्ने मन्त्री श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ५३ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका