देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त « Khabarhub

देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोकविज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खड्का २०४८ सालको आमनिर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा विसं २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगका अध्यक्ष हुनाका साथै विभिन्न सामाजिक संस्थामा क्रियाशील रहँदै आएका थिए ।

विसं १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाविस–१ मा जन्मिएका खड्काले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १३ बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व