सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले संसद, सरकार र राजनीतिक प्रक्रियाको विषयमा अन्य राजानीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।

‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने विषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ।’

सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको नेता श्रेष्ठले बताए।

‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन। उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी उचित कदम चाल्छौँ’ उनले भने।

उनले वातावरण मिल्यो भने पार्टी एकता गर्ने अन्यथा नगर्ने  समेत बताए । पार्टीको स्थायी किमटी बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १९ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका